राजनीति | काठमाडौँ - KTM


एनआरएनए कार्यालयमै आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट

Posted on October 31, 2023 | views : 455 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले

Read More

भारतीको रिट खतिवडा, मल्ल र चुडालको इजलासमा

Posted on October 31, 2023 | views : 440 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि असोज २५

Read More

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस लुम्बिनी आउँदै

Posted on October 31, 2023 | views : 393 | काठमाडौँ - KTM

कार्तिक १४, लुम्बिनी | संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लगेका हुन् । महासचिव गुटेरेस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्न

Read More

कम्बोडियामा ३ हजार करोड लगानी पत्ता लगाउनेलाई एक हजार थपेर दिन्छु: केपी ओली

Posted on October 30, 2023 | views : 530 | काठमाडौँ - KTM

कात्तिक १३, पोखरा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले त्यसलाई पत्ता लगाएमा थप १ हजार बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने चुनौती दिएका छन् । पोखरामा पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम

Read More

नेकपा एसका केन्द्रिय सल्लाहकार दलबहादुर गुरुङ एमालेमा प्रवेश

Posted on October 30, 2023 | views : 713 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य

Read More

आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

Posted on October 30, 2023 | views : 371 | काठमाडौँ - KTM

कार्तिक १३, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रि

Read More

८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छ, एक सिट पनि दिनुहुन्न: सभापति लामिछाने

Posted on October 28, 2023 | views : 695 | काठमाडौँ - KTM

कात्तिक ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमको क्रममा सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि क

Read More

एनआरएनएको मतपरिणाम सार्वजनिक भएसँगै तनाव, बद्रि केसीले सिस्टम ह्याक गरेर जितेको दावी

Posted on October 20, 2023 | views : 1515 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तराष्ट्रिय सम्मेलनको मत परिणाम विवादित बनेको छ । एनआरएनएको मतपरिणाम सार्वजनिक भएर अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका थिए ।  तर मत परिणाम सार्वजनिक हुँदा कुनै उम्मेदवारको मत परिणामनै 'शुन्य' आएपछि मत परिणामनै विवादित

Read More

गृहमन्त्री श्रेष्ठ खतरामुक्त र बोल्न सक्ने अवस्थामा

Posted on October 19, 2023 | views : 608 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् । चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङको अस्पतालमा भर्ना गरिएको थियो

Read More

विदेशीको इसारामा चलेको भन्नेहरूलाई आरोप पुष्टि गर्न रविको चुनौती

Posted on October 19, 2023 | views : 667 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई दिएका छन् । काठमाडौं २ को क्षेत्रीय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमममा उनले आफूहरूलाई आरोप लगाउनेहरूसँग खुला बहस गर्न तयार रहेको बताए । उनले भने, ‘मैले बारम्बार भनेको छु, आउनुस् कहाँ बहस गर्ने ? हामी तयार

Read More

कोशीका मुख्यमन्त्री कार्की काठमाडौँमा

Posted on October 19, 2023 | views : 670 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | कोशी प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौँ आएका छन् ।  बुधबार कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिएलगत्तै सोही दिन साँझ कार्की काठमाडौँ आएका हुन् । काठमाडौँ ओर्लेपछि कार्कीे कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट र संवादमा जुटेका छन् ।

Read More

फागुन १ लाई जनयुद्ध दिवस भनेर बिदा दिए कांग्रेसलाई स्वीकार्य हुँदैन : गगन थापा

Posted on October 19, 2023 | views : 688 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै हालतमा कांग्रेसले जनयुद्ध दिवस मान्न नसक्ने प्रष्ट्याए । थापाले भने, ‘अब केही दिनमै फागुन १ आउँदैछ । यो सर

Read More

०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक रहँदैन: महामन्त्री थापा

Posted on October 19, 2023 | views : 427 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कांग्रेसले गठबन्धन गर्नेभए पार्टी एक नहरने बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको दशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ०८४ को निर्वाचनमा समाजवादी मोर्चासँग चुनाव लड्ने बताए। उनले भने, ‘०८४ मा चुनावमा जाँदै गर्दाखेरी हामी गठब

Read More

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’, अस्पताल भर्ना

Posted on October 19, 2023 | views : 427 | काठमाडौँ - KTM

कार्तिक २, काठमाडौँ | तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो । श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन

Read More

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Posted on October 18, 2023 | views : 688 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत लिने प्रस्ताव पारित भएको हो। प्रदेश सभामा भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ मत परेको थियो। विपक्षमा ५ मत परेको थियो।  मतदानमा ९३ सदस्

Read More

कांग्रेस छाडेका कार्की राप्रपा नेपालको महामन्त्री

Posted on October 18, 2023 | views : 901 | काठमाडौँ - KTM

कार्तिक १, कास्की | नेपाली कांग्रेस छाडेर राप्रपा नेपाल प्रवेश गरेका कास्की कांग्रेसका नेता कृष्ण कार्कीलाई सो पार्टीले महामन्त्रीको जिम्मेवारी दिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेता कार्कीलाई स्वागत गर्दै पार्टीको महामन्त्रीको जिम्मेवारी दिएको बताएका छन् ।  ‘नेपाली कांग्रेस पर

Read More

राप्रपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने

Posted on October 18, 2023 | views : 590 | काठमाडौँ - KTM

कार्तिक १, कोशी | कोशी प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएको छ। राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले आफूहरु प्रतिपक्षमा बस्ने बताए।  उनले सरकारका राम्रा काममा रचनात्मक सहयोग गर्ने बताए। ‘हामी विरो

Read More

गाजामा भएको आक्रमणको एमालेद्वारा निन्दा, सबैखाले आक्रमण रोक्न आह्वान

Posted on October 18, 2023 | views : 398 | काठमाडौँ - KTM

कार्तिक १, काठमाडौँ | नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणप्रति निन्दा गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रमणबाट अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइ

Read More

प्रभु साहकी पत्नीको मेयर पद रिक्त, आयोगले दियो यस्तो सूचना

Posted on October 17, 2023 | views : 1788 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ । २०७९ वैशाख

Read More

सरकारले गर्‍यो गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

Posted on October 17, 2023 | views : 521 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौं | सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र

Read More

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

Posted on October 17, 2023 | views : 450 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति चीनको राजधानी बेइजिङ पुगेका छन् ।  बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिक

Read More

इजरायल सरकारले हस्तान्तरण गरेका पाँच वटा शव छिट्टै नेपाल ल्याउँछौं: परराष्ट्रमन्त्री साउद

Posted on October 16, 2023 | views : 504 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मृत्यु भएका १० मध्ये पाँच वटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिट

Read More

प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा कालो झण्डा देखाइयो

Posted on October 16, 2023 | views : 794 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ।  कैलालीको गौरीगंगा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल र क्रान्तिकारी

Read More

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मत लिने

Posted on October 16, 2023 | views : 588 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ मा विश्वासको मत लिने भएका छन्। उनले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर त्यसबारे जानकारी गराएका हुन्। ‘कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकाले मिति २०८०/०७/०१ गते बुधबारको दिन कार्यसूचीमा समावेश गर्ने गरी प्रद

Read More

गोलघरबाट पाँच वर्षपछि बाहिर निकालिए सुन तस्करीका नाइके ‘गोरे’

Posted on October 16, 2023 | views : 1026 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारिएको हो । गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले जानकारी दियो । पाँच वर्षयता उनलाई कारागारको गोलघर

Read More

बीआरआईको सम्मेलनमा भाग लिन चीन लागे उपप्रधानमन्त्री श्रेष्ठ

Posted on October 16, 2023 | views : 459 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन आज सोमबार चीन प्रस्थान गरेका छन्। मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्

Read More

पुराना दलमा अझै राणा शासन कायम छ : रवि लामिछाने

Posted on October 16, 2023 | views : 473 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पुराना दलमा अझै पनि राणा शासन कायमै रहेकाले आफूहरु नयाँ रुपमा त्यसलाई भत्काएर नयाँ संस्कार राजनीतिमा बसाल्न आएको दावी गरे। उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने पनि बताए।  सोमबारबाट सुरु भएको प

Read More

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ चीन प्रस्थान

Posted on October 16, 2023 | views : 387 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । नेता खनाल चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) सहभागी हुन गएराति चीन प्रस्थान गरेका हुन् ।  चीन भ्रमणका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका शीर

Read More