फागुन १ लाई जनयुद्ध दिवस भनेर बिदा दिए कांग्रेसलाई स्वीकार्य हुँदैन : गगन थापा

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै हालतमा कांग्रेसले जनयुद्ध दिवस मान्न नसक्ने प्रष्ट्याए ।

थापाले भने, ‘अब केही दिनमै फागुन १ आउँदैछ । यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ । हामी अघिल्लो सरकारमा थिएनौं । यो सरकारमा नयाँ आएका छौं । यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौं यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ ? सक्दैन । हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौं । माओवादीको पनि केही कुरा होला हामीसँग ।’

उनले प्रचण्ड, देउवा र माधव नेपाल बसेको बैठकलाई गठबन्धनको नभनेर दलका नेताहरूको भनेर लेख्न आग्रहसमेत गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!