गोलघरबाट पाँच वर्षपछि बाहिर निकालिए सुन तस्करीका नाइके ‘गोरे’

Posted on: 16 Oct, 2023

असोज २९, काठमाडौँ | गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारिएको हो ।

गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले जानकारी दियो । पाँच वर्षयता उनलाई कारागारको गोलघरभित्र राखिएको थियो । अब भने कारागारमै अरू कैदीसरह रहनेछन् ।


साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गरेको थियो । वि.सं. २०७८ मा गोरेलाई १० वर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

०७४ माघमा तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले शाक्यको हत्या गरेको थियो । गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!