विश्वभर बढ्दै लिंगको क्यान्सरका बिरामी, चार हजारको मृत्यु

Posted on: 11 May, 2024

बैशाख २९, एजेन्सी । विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ।  विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको ब्राजिलमा भएको एक अध्ययनले बताएको  छ ।
 ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।
लिङ्गमा हुने क्यान्सर दुर्लभ भए पनि यसका बिरामी र मृत्यु दर बढ्दै गएको हो। ब्राजिलमा मात्रै एक लाख व्यक्ति मध्ये २ दशमलव १ प्रतिशतमा लिङ्गमा हुने क्यान्सर भएको नयाँ अध्ययनले देखाएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ बाट २०२२ सम्ममा २१ हजारमा लिंगको क्यान्सर पुष्टि भएको छ। जसमध्ये चार हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!