प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा कालो झण्डा देखाइयो

Posted on: 16 Oct, 2023

असोज २९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ। 

कैलालीको गौरीगंगा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठनले कालो झण्डा देखाएका हुन्।

समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा पुगेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!