‘घर ज्वाईं’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी

Posted on: 02 Oct, 2024

असोज १६, काठमाडौँ । दुई आगामी चलचित्रहरू ज्वाईं साब र देववाणी को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्ड र निर्माता संघमा उजुरी परेको छ। उजुरीकर्ता नरेन्द्रबहादुर नेम्वाङले मौसम फिल्म्स प्रालीका तर्फबाट १० लाख रुपैयाँ ठगी गरिएको दाबी गरेका छन्।

नेम्वाङले आफूले चलचित्र निलकाँडा मा अभिनय र मुनाफाको आधा हिस्सा पाउने शर्तमा पटक–पटक गरी १० लाख दिएको बताएका छन्। पछि उनलाई ३५ लाखको चेक दिइए पनि चेक बाउन्स भएको उनको अर्को दाबी छ। नेम्वाङले उक्त रकम ज्वाईं साब र देववाणी मा लगानी गरिएको आरोप लगाएका छन्।


तर, चलचित्र विकास बोर्डले बुझ्दा यो विषय व्यक्तिगत लेनदेनसँग सम्बन्धित रहेको बताएको छ। नेम्वाङले ८ वर्षअगाडि निर्माण हुन नसकेको निलकाँडा चलचित्रका लागि १० लाख रुपैयाँ दिएको र त्यो चलचित्रको निर्माण बीचमै रोकिएको थियो।

ज्वाईं साब यही असोज २४ मा रिलिज हुँदैछ भने देववाणी मंसिर ७ मा प्रदर्शन हुने तयारीमा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!