चार दिनमा कति कमायो जुनियर एनटिआरको फिल्म 'देवरा' ले ?

Posted on: 01 Oct, 2024

असोज १५,  काठमाडौँ । दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर र अभिनेत्री जान्हवी कपूर अभिनीत फिल्म 'देवरा' ले बक्स अफिसमा राम्रो कमाइ गरिएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले चार दिनमा भारतीय बक्स अफिसमा १७३ करोड १० लाख भारू कमाएको छ। यो तमिल, तेलुगु र हिन्दी संस्करणको कमाइ हो। 


८२ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिनमा ३८ करोड २० लाख, तेस्रो दिन ३९ करोड ९० लाख र चौथो दिनमा १२ करोड ५० लाख भारू कमाएको हो।

कोरताला शिवा निर्देशित फिल्ममा एनटिआर र जान्हवीसँगै श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट जान्हवीले दक्षिण भारतीय फिल्ममा डेब्यू गरेकी हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!