राजनीति | काठमाडौँ - KTM


रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत

Posted on November 29, 2023 | views : 444 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मंगलबारदेखि मधेश प्रदेश अन्तर्गत महोत्तरीको जलेश्वरमा जारी पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । रास्वपाले संसदीय दलका

Read More

कोप–२८ सम्मेलनमा भाग लिन आज प्रधानमन्त्री प्रचण्ड यूएई जादै

Posted on November 29, 2023 | views : 422 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जाने भएका छन् । भोलिदेखि मंसिर २६ गतेसम्म चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । मं

Read More

माधव नेपाल भन्छन्- छोड्ने भन्दा आउने धेरै छन्, भ्रम छर्दैमा हाम्रो पार्टी सकिँदैन

Posted on November 28, 2023 | views : 497 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी सकिन्छ भन्दै केही शक्तिहरुले भ्रम फैलाइरहेको आरोप लगाएका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । उ

Read More

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदबार वार्तामा के भयो कुराकानी ?

Posted on November 28, 2023 | views : 530 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोव

Read More

रास्वपामा वाग्लेलाई उपसभापति, सुमना र विपिनलाई सहमहामन्त्री बनाउने तयारी

Posted on November 28, 2023 | views : 530 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही पदाधिकारी थप्ने तयारी गरेको छ। जलेश्वरमा जारी बैठकबाट तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरिएको हो। यसैगरी दुई सहमहामन्त्री समेत यही बैठकबाट टुंग्याउने तयारी भइरहेको एक नेताले बताएका

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकियो, अब ३ जनाको मात्रै बाँकी

Posted on November 28, 2023 | views : 414 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्। आज (मंगलबार) खाजा समयअघि पूर्व उपप्रधानमन्त

Read More

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले बाटैबाट फर्कायो

Posted on November 28, 2023 | views : 742 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईं आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडे

Read More

पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ

Posted on November 28, 2023 | views : 502 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | अभियन्ता दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रसाईँले आफूलाई राजाले टेलिफोन गरेर ‘आइ एप्रिसिएट यु, गो अ हेड’ भनेको उल्लेख गरेका छन्। ‘मेरो तपाईँलाई सहयोग समर्थन छ,’ पूर्व

Read More

रास्वपाको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्दै

Posted on November 28, 2023 | views : 442 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्दैछ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि संयुक्त बैठक चलिरहेको छ ।  रास्वपाका उपसभापति डिपी अर्यालका अनुसार बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१

Read More

१२ वर्ष अघिको भ्रष्टाचार मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

Posted on November 27, 2023 | views : 531 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं | सर्वोच्च अदालतमा रहेका पूराना भ्रष्टाचारका मुद्दा मध्येको १२ वर्ष अघिको मुद्दामा आज पेशी चढे पनि ‘हेर्न नभ्याइने’ मै परेको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो। सरकारले २०६८ साल असोज

Read More

गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप

Posted on November 27, 2023 | views : 675 | काठमाडौँ - KTM

मङ्सिर ११, गुलरिया | मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो। आज प्रसाईंका समर्थकहरूले गौशालामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले गौशालाबाट र्‍याली निकालेका छन् भने सडकमै सुतेर प्रदर्शन गरेका छन्। 

Read More

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

Posted on November 27, 2023 | views : 495 | काठमाडौँ - KTM

मङ्सिर ११, जनकपुरधाम | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरू

Read More

ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

Posted on November 26, 2023 | views : 1287 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौं | नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ ।  आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी

Read More

रवि लामिछाने भन्छन्- दुई तिहाइ दिनुस् कस्तो व्यवस्था र संविधान चाहिन्छ हामी देखाइदिन्छौं

Posted on November 26, 2023 | views : 674 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरु गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरु धेरै रहेको बताएका छन्। वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरुको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनको भनाइ छ। सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहि

Read More

प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरीः कर्मचारीको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप

Posted on November 26, 2023 | views : 595 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ | क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ। सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्न

Read More

दुर्गा प्रसाईं समूहले भक्तपुरको कार्यक्रम स्थगित गर्दै सांस्कृतिक कार्यक्रम मात्रै गर्ने

Posted on November 26, 2023 | views : 627 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौं | दुर्गा प्रसाईं समूहले भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गर्दै सांस्कृतिक कार्यक्रम मात्रै गरिने बताइएको छन् | दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । महाअभियानको सचिव

Read More

काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले गरे प्रदर्शन

Posted on November 25, 2023 | views : 494 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईँ भक्तपुरस्थित निवासबाट प्रहरीको स्कटिङमा आएका हुन्। प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित

Read More

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

Posted on November 25, 2023 | views : 418 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान र सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । जलवायु न्युनीकरण फाउन्डेसन

Read More

मेरो घरमा बिजुली काटेर दिनभरि थुनेर राखियो: दुर्गा प्रसाईँ

Posted on November 24, 2023 | views : 836 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले शनिबार (भोलि) तीनकुनेमै आन्दोलनको कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि तीनकुनेमै कार्यक्रम गर्ने बताएका हुन्। उनले आन्दोलनमा सहभागी हुन भोलि आफ्नो घरअगाडि आउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Read More

चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन्: ओली

Posted on November 24, 2023 | views : 578 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्था’ लाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरे । आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म

Read More

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

Posted on November 24, 2023 | views : 732 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भ

Read More

जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ, निषेधको राजनीति टिक्दैनः रवि लामिछाने

Posted on November 24, 2023 | views : 586 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए । वीरगञ्जमा आयोजित एउटा भेटघाट

Read More

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

Posted on November 24, 2023 | views : 613 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्। प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो। प्रसाईंका सचिव

Read More

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

Posted on November 24, 2023 | views : 427 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो । यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबा

Read More

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ(अपडेट)

Posted on November 24, 2023 | views : 495 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अध

Read More

तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

Posted on November 24, 2023 | views : 485 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ ।  स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक

Read More

दुर्गा प्रसाईँ भन्छन्– जनताका लागि बोल्दा म ‘हाउस एरेस्ट’ हुनुपर्ने, गणतन्त्र यसैका लागि हो ?’

Posted on November 24, 2023 | views : 533 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | आफ्नै घरमा नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’ उनले प्रश्न गरे, ‘हामी

Read More

प्रशासनले भन्यो– दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन

Posted on November 24, 2023 | views : 385 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ ।  बिहीबार (हिजो) राष्ट्रिय

Read More