राजनीति | काठमाडौँ - KTM


पीएसजीको सानदार जित, एमबाप्पे घाइते

Posted on September 25, 2023 | views : 260 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई ४–० गोल अन्तरले हरायो। आठौं मिनेटमा असरफ हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो। ३७ औं मिनेटमा कोलो मुआनीले गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनाएको थियो।&n

Read More

नेपाल-चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

Posted on September 25, 2023 | views : 270 | काठमाडौँ - KTM

असोज ८, बेइजिङ | चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।  हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।  प्रधानमन्त

Read More

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच आज भेटवार्ता हुँदै

Posted on September 25, 2023 | views : 299 | काठमाडौँ - KTM

असोज ८, बेइजिङ | चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच भेटवार्ता हुँदैछ । गत शनिवार चीन आइपुगेका प्रधानमन्त्री आइतबार राजधानी बेइजिङ पुगेका हुन् । आइतबार नेपाल र चीनका व्यापारीहरुको संयुक्त भेलालाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ

Read More

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला मंसिरमा आउने

Posted on September 24, 2023 | views : 453 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | सर्वोच्च अदालतमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो । उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ । अदालत स्रोतका अ

Read More

नेकपा एस विवाद: माधव नेपालको अपानि फिर्ता, अर्को अपानि जारी हुने

Posted on September 24, 2023 | views : 387 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) फिर्ता हुने भएको छ । अपानि जारी भएपछि नेकपा एसभित्र विवाद चुलिएको छ ।  नेकपा एसका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही दिनअघि जारी गरिएको अपानि कार्यान्वयन नहुने बताए । 'अपानि

Read More

गृहमन्त्रीलाई रविको प्रश्न- सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ?

Posted on September 24, 2023 | views : 334 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरु

Read More

पशुपतिनाथको सुनमा अनियमितता भएको निष्कर्ष, को–को मुछिएलान् ?

Posted on September 24, 2023 | views : 646 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष

Read More

विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ?

Posted on September 24, 2023 | views : 369 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए । ‘अबको निर्वाचनमा २० लाख यु

Read More

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता (तस्बिर)

Posted on September 23, 2023 | views : 413 | काठमाडौँ - KTM

असोज ६, काठमाडौं | जनवादी गणतन्त्र चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले  १९औं एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

Read More

प्रधानमन्त्री प्रचण्ड चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

Posted on September 23, 2023 | views : 386 | काठमाडौँ - KTM

असोज ६, बेइजिङ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुगेका छन् ।  चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेप

Read More

‘निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’: राष्ट्रपति पौडेल

Posted on September 23, 2023 | views : 425 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लो

Read More

अमेरिकाबाट चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, आजै चिनियाँ राष्ट्रपतिसँग भेट हुने

Posted on September 23, 2023 | views : 420 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि चीनको हाङजाओ पुगेका छन् । एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले भव्य स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङ्जाउमा ह

Read More

शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारी पक्षको दाबी

Posted on September 22, 2023 | views : 444 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | सरकारी पक्षले शिक्षकहरुको आन्दोलन फिर्ता हुने दाबी गरेको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको र सहमति जुटिसकेका कारण शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।  सञ्चारमन्त्री शर्माले शिक्षकहरुको आन्

Read More

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

Posted on September 22, 2023 | views : 834 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानको विरोध गर्दै आन्दोलनमा रहेका शिक्षक र सरकारबीच सहमति भएको छ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको सरकारी वार्ता टोलीसँग आन्दोलनरत शिक्षकले सहमति गरेका हुन्।  शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमती जुटेको

Read More

शिक्षक आन्दोलनलाई एमालेको समर्थन, शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग

Posted on September 22, 2023 | views : 307 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकले शिक्षकको माग सम्बोधन नगरेको भएकाले सरकारसँग विधेयक फिर्ता लिन माग गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनले भने, ‘संसदमा दर्ता भएको शिक्षा विधेयकले अस्थायी शिक

Read More

स्वर्गीय मायालुलाई अदालतले दिएको थियो यस्तो आदेश

Posted on September 22, 2023 | views : 370 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | क्यान्सर रोगबाट पीडित रहेका पूर्वमन्त्री एवं गणतन्त्रको आवाज उठाउने अग्रणी नेता खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । काठमाडौंको बीर अस्पतालमा उपचारको क्रममा रहेका नेता भट्टको बिहीबार राती निधन भएको हो ।  डडेलधुरामा जन्मिएका भट्ट २०४२ सालमै गणतन्त्रका लागि आवाज उठाउने नेताहरुम

Read More

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कमल थापाको गुनासो कायमै

Posted on September 22, 2023 | views : 383 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रतिको आफ्नो गुनासो र असन्तुष्टि कायमै रहेको संकेत गरेका छ्न । तर, नेपालमा सबै परिस्थितिको मूल्यांकन गर्दै उनले राजसंस्थाको अपरिहार्यता महसुस गरेका छन् । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले

Read More

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट

Posted on September 22, 2023 | views : 551 | काठमाडौँ - KTM

असोज ५, न्युयोर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्

Read More

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on September 22, 2023 | views : 418 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ कायम भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय

Read More

माओवादीको केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

Posted on September 22, 2023 | views : 386 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री  खेमराज भट्ट मायालुको निधन भएको छ ।  काठमाडौँको वीर अस्पतालमा क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको हो ।  २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय

Read More

आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

Posted on September 21, 2023 | views : 822 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् ।  काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएपछि महाकवि देवकोटाको कव

Read More

अर्थतन्त्रले नधान्ने र संविधान प्रतिकूलबाहेकका शिक्षकका माग पूरा गर्छौः कावा प्रधानमन्त्री खड्का

Posted on September 21, 2023 | views : 384 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रले धान्न नसक्ने र संविधान प्रतिकूल हुनेबाहेक शिक्षकका समस्या समाधान गर्न तयार रहेको बताएका छन् ।  कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षकहरूको माग र सरकारले गरिरहेको पहलका विषयमा जानकारी गराउँदै उपसभापतिस

Read More

सुवास नेम्वाङको स्थानमा सुहाङ की झलनाथ ?

Posted on September 21, 2023 | views : 1535 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भएको एक हप्ता बढि भयो । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधीसभामा निर्वाचित भएका सुवासको निधनपछि निर्वाचन क्षेत्र खाली भएको छ । उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत कसलाई पठाउने भन्नेमा राजनीतिक कसरत सुरु भइसकेको छ । स्वभ

Read More

झलनाथलाई माधव नेपालको जवाफ- अनुशासनमा बसेकाले पार्टीको कुरा सडकमा लाँदैनन्

Posted on September 21, 2023 | views : 543 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको कुरा सडकमा लानु राम्रो नभएको बताएका छन् । अध्यक्ष नेपालद्वारा जारी अपानिमा असन्तुष्टि पोख्दै सम्मानित नेता झलनाथ खनालले खतरनाक भएको टिप्पणी गरेपछि उनले यस्तो बताएका हुन् । नेता खनालले त अपानि खतरनाक छ भन्नुभयो भन्ने

Read More

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत, शेखर समूहबाट २ जनामात्र

Posted on September 21, 2023 | views : 450 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् । भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, श

Read More

बानेश्वरमा तनावको स्थिति, शिक्षक र प्रहरीबीच धकेलाधकेल

Posted on September 21, 2023 | views : 359 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | बुधबारदेखि देशभरका शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। बिहीबार पनि आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ। शिक्षकहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।   बानेश्वर क्षेत

Read More

आन्दोलनरत शिक्षकहरूको नारा– छोटे राजा मुर्दावाद, बालेनहरू होसियार !

Posted on September 21, 2023 | views : 329 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | आन्दोलनरत सरकारी शिक्षकहरूले स्थानीय तहका प्रमुखहरूविरुद्ध नाराबाजी गरेका छन् । विरोध कार्यक्रममा शिक्षकहरूले स्थानीय तहका प्रमुखहरूविरुद्ध चर्का नाराबाजी गरेका हुन् । उनीहरूले ‘छोटे राजा मुर्दावाद, बालेनहरू होसियार’ भन्दै नारा लगाएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्त

Read More

प्रधानमन्त्री दाहालको चीन भ्रमणको औपचारिक घोषणा

Posted on September 21, 2023 | views : 365 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो । यही सेप्टेम्बर २३ देखि ३० (असोज ६ देखि १३ गते) सम्म एक साता प्रधानमन्त्री दाहालले चीन भ्रमण गर्नेछन

Read More