पीएसजीको सानदार जित, एमबाप्पे घाइते

Posted on: 25 Sep, 2023

असोज ८, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई ४–० गोल अन्तरले हरायो।

आठौं मिनेटमा असरफ हाकिमीको गोलमा पीएसजीले अग्रता बनाएको थियो। ३७ औं मिनेटमा कोलो मुआनीले गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनाएको थियो। 

पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्‍यो। ४७ औं मिनेटमा डेम्बेलेको पासमा गोन्सालो रामोसले गोल गरे। मुआनीको पासमा पुनः ८९ औं मिनेटमा रामोसले गोल गरेपछि पीएसजीले ४–० को जित निकाल्यो। 

सानदार जित निकालेपछि पीएसजीलाई भने एमबाप्पेमाथि चोटले तनाव दिएको छ। चोट लागेपछि उनी पहिलो हाफमै मैदान बाहिरिएका थिए। उनले आगामी कति खेल गुमाउने हुने अहिले यकिन भएको छैन।


यस बिषयमा तपाइको प्रतिक्रिया...!