प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच आज भेटवार्ता हुँदै

Posted on: 25 Sep, 2023

असोज ८, बेइजिङ | चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच भेटवार्ता हुँदैछ । गत शनिवार चीन आइपुगेका प्रधानमन्त्री आइतबार राजधानी बेइजिङ पुगेका हुन् ।

आइतबार नेपाल र चीनका व्यापारीहरुको संयुक्त भेलालाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने जनाइएको छ । प्रधानमन्त्री प्र्रचण्डले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन् ।

यसअघि नेपालले गरेका सम्झौताको पुनरावलोक र नयाँ एजेण्डाका बारेमा छलफल हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ जन कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!