पर्यटकको पर्खाईमा मुगुको दुध ताल

Posted on: 06 Sep, 2019

दान बहादुर बुढा | भाद्र २०, मुगु | पर्यटनको आकर्षक गन्तब्य मानिएको कणाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्लाको दुध दह पर्यटकको पखाईमा छ | छायानाथ रारा नगरपालिका बडा नम्बर १४ बाममा गाँउको उत्तर दिशातिर पर्ने एकै ठाउँमा रहेका सात वटा दुध ताल रहेका छन |


प्रचार प्रचार नपाउदा मुगुमा रहेका यी सात वटा दुध ताल हिजोआज पर्यटनको प्रखाईमा रहेका छन । दुधताल पुग्न सदरमुकाम गमगढी बजारबाट २ दिन पैदल यात्रा बाट पुग्न सकिन्छ । सडक सन्जाल नपुगेका कारण  एकै सेरोफोरोमा रहेको दुधताल ओझोलमा परेका छन । यी तालको परक विशेषता रहेको छ । बारै महिना ताल भित्र दुध जस्तो सेतो देखिने तालबाट अलि बाहिर आउदा पानि देखीने भएको हुदा यी तालको नाम दुध ताल नाममाकरण भएको स्थानिय बासीहरुको भनाई रहेको छ |


हिउदमा हिउँले झन चादीले घेरेको जस्तो देखीने बर्खाको समयमा हरियालि बिभिन्न प्रजातिका फुलहरुले सुन्दरता बढाएको छ । दुध तालमा बन्यजन्तु घोर,कस्तुरी मृर्ग, हिमचितुवा,भालु ,डाफे मुनालको नाच्ने पानि खाने समाउने गरेको दृश्यले मानिसको मन लोभ्याउर्ने गरेको गरेको स्थानिय बासि गोम बहादुर बुढाले बताएका छन । 


छायानाथ रारा नगरपालिका १४ वडा भित्र रहेका दुध ताल मात्र नभई  यहाँको चंखेलि हिमाल, मठ मन्दीर गुफा,झना,हरुले पुवाधार बिकार र प्रचार प्रचार नहुदा ओझेलमा परेका छन । प्रचार प्रचार गर्नको लागी स्थानिय वडा सरकार र नगरपालिका र प्रदेश सरकार लागी परेको छ । दुध ताल सम्म पुग्न र अन्य पर्यटन क्षेत्रमा पुग्नको लागी गर्त आ.व ०७५।०७६ साल कर्णाली प्रदेश सरकारबाट २५ लाख बजेट बाट पर्यटन पदर्माग निमाण गरिएको छ । 


वडा नम्बर १४ भित्र रहेका धामर्मिक ,सास्कृतिक, ऐतिहासिक, लोपउन्मूख बन्यजन्तु ,भेष भुषा,स्थानिय खाद्यान्न बालिहरुको संरक्षेण र प्रचार प्रचारको लागी निकै लागी परेको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ का वडा अध्क्षय नन्दलाल बढुवालले बताएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!