नेपाल, चलचित्र छाँयाङ्कनको उत्कृष्ट गन्तव्य: सिद्धार्थ सिमानी भारतीय कलाकार

Posted on: 20 Nov, 2023

मङ्सिर ४, काठमाडौं । भारतीय कलाकार, सिद्धार्थ सिमानीले नेपाल विश्वभरकै चलचित्र छाँयाङ्कनको उत्कृष्ट थलो बन्न सक्ने बताएका छन् । भारतीय चर्चित टेलिभिजन सिरिज ‘जिन्दगी की महक’ का चर्चित अभिनेता सिमानीले, नेपाल न्युज बैंकसंगको कुराकानीमा आफू आफ्नो नयाँ चलचित्र ‘पशु’ को छाँयाङ्कन स्थलको खोजीका लागि नेपाल आएको र आफूले नेपालमा चलचित्र विकासको ठुलो सम्भावना देखेको बताए । 

नेपाल बसाईका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसंग समेत भेट गरेका अभिनेता सिमानीले संस्कृतिमन्त्री नेपाललाई पर्यटन र चलचित्रको केन्द्र बनाउने कुरामा सकारात्मक पाएको बताए । 

नेटफ्लिक्स निर्मित वेभ सिरिज ‘हिरो कौन’ का अभिनेता सिमानीले, नेपाल र भारतको संस्कृति र मानिसहरुको भावनासमेत मिल्ने भन्दै अब दुवै देशका कलाकार, निर्माता तथा निर्देशक मिलेर नेपाल र भारतको चलचित्र उद्योगलाई उठाउन भूमिका खेल्नु पर्ने बताए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!