फागुन २, काठमाडौँ | विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका कुशलले ५१ बलमा ६ चौका र दुई चौकासहित ५० रन पूरा गरे।
यसअघि अर्का ओपनर आसिफ शेख शून्यमा पेभेलियन फर्केका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३५ बलमा चार चौकासहित २५ रन बनाएर आउट भएका थिए।
अहिले क्रिजमा कुशलसँगै कप्तान रोहित पौडेल २९ रन बनाएर खेलिरहेका छन्। २१.१ ओभरको खेल सकिँदा नेपालले दुई विकेटको क्षतिमा एस सय १२ रन बनाएर खेलिरहेको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!