टी-२० विश्वकपको एसिया छनोटका लागि क्यानले गर्यो २० खेलाडी छनोट

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | आगामी कात्तिक २१ गतेदेखि  महिला यू–१९ टी-२० विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० नेपाली खेलाडी छनोट गरेको छ। संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो।

नेपालसँगै छनोटमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र थाइल्याण्ड रहेका छन्।

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। 

त्यस्तै, नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली यूएईसँग खेल्ने तालिका रहेको छ। यसै गरि नेपालले कात्तिक २५ गते फेरी थाइल्याण्डसँग खेल्ने छ भने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा कात्तिक २८ मा यूएईसँग खेल्नेछ।

चार टोली सहभागी रहने उक्त छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ।

छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनीषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन्।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर रहेकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!