एनपीएल : सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक, खेलाडी अक्सन दशैं अगाडि नै गर्ने योजना

Posted on: 30 Sep, 2024

असोज १४,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ। एनपीएलमा यस टोलीको नाम सुदूरपश्चिम रोयल्स राखिएको छ। सुदूरपश्चिम फ्रेन्चाइजको स्वामित्व एम्पायर स्पोर्ट्स म्यानेजमेन्टले लिएको हो।

सुदूरपश्चिम रोयल्सको लोगोमा बाघको चित्र प्रयोग गरिएको छ, जसले सुदूरपश्चिम क्षेत्रको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बाघको प्रतिनिधित्व गर्नेछ। टोलीले आफ्नो स्थानबाट व्यवसायिक क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने उद्देश्य रहेको जनाएको छ।


सुदूरपश्चिम रोयल्सले आफ्नो मार्की खेलाडीको रुपमा नेपालका चर्चित अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टिममा समावेश गरेको छ। उनलाई लक्क ड्रा प्रणालीमार्फत टोलीले किनेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एनपीएल नोभेम्बर–डिसेम्बर महिनामा हुने अपेक्षा छ, भने खेलाडी अक्सन दशैं अगाडि गर्ने योजना छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!