यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको दोस्रो विकेट लिएको छ । यूएईले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको हो ।

 उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरिन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको छ । नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


त्यसअघि, यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।

 तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रुपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!