भारतीय टी-२० क्रिकेट टिमको कप्तान बने सूर्यकुमार, हार्दिकको उपकप्तानको जिम्मेवारी पनि खोसियो

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौँ । भारतको टी-२० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवले पाएका छन्। उनले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन्।

रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि कप्तानी खाली भएको थियो। नवनियुक्त मुख्य प्रशिक्षक आएसँगै टिममा पनि परिवर्तन आएको हो।


हालै अमेरिका र वेस्ट इन्डिजमा भारतले टी-२० विश्वकपको उपाधि जित्दा पाण्ड्या उपकप्तान थिए। तर, उनलाई अब भने उपकप्तानबाट समेत बर्खास्त गरिएको छ।

पाण्ड्याको स्थानमा शुममन गिल उपकप्तान बनेका छन्। हालै भारतले जिम्बाबेविरुद्ध खेलेको टि-२० सिरिजमा गिलले कप्तानी गरेका थिए।

पाण्ड्यालाई उपकप्तानबाट हटाइए पनि टी-२० टिममा भने समावेश गरिएको छ। उनी एक अलराउन्डरको भूमिकामा रहनेछन्। उनले टि-२० विश्वकपमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!