श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् ।

टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी–२० टीमको कप्तान खाली भएको थियो । जुलाई २७ देखि श्रीलंकासँग हुने ३ खेलको टी–२० सिरिजमा भारतको कप्तानी सुर्यकुमार यादवले गर्ने तय भएको हो ।


भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग ३ एकदिवसीय र ३ टी–२०आई खेल खेल्दैछन् । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने सम्भावना छ । श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!