आयरल्याण्डमाथि पाकिस्तानको संघर्षपूर्ण जित

Posted on: 17 Jun, 2024

असार ३, काठमाडौँ । पाकिस्तानले जारी टी-२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो ।

आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

समुह ए मा रहेका पाकिस्तान र आयरल्याण्ड दुवै समुह चरणबाटै बाहिरिएका छन् । पाकिस्तानले ४ खेलमा २ जित र २ हारपछि ४ अंक हासिल गरेर समुहमा तेस्रो भएको छ

त्यस्तै आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा हार बेहोरेको छ र एक खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगेका  छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!