चेन्नईलाई पराजित गर्दै ब्याङ्ग्लोर आइपिएलको चौथो प्लेअफमा

Posted on: 19 May, 2024

जेठ ६, काठमाडौँ । इंडियन प्रीमियर लीग (IPL 2024) अन्तर्गत शनिवार भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर (RCB) ले चेन्नई सुपर किंग्स (CSK) लाई २७ रनले पराजित गरेको छ । यो जित सँगै RCB ले प्लेअफमा आफ्नो स्थान पक्का समेत गरेको छ । RCB ले जारी लिग अन्तर्गत आफ्नो पछिल्लो लगातार ६ खेलमा अपराजित रहंदै प्ले अफको यात्रा तय गरेको हो । 

भारतको चिन्नास्वामी स्टेडियममा RCB ले ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । त्यसको बिरुद्धमा उत्रिएको CSK को टिमले ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सफल भयो । एमएस धोनी, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले अन्तिम ओभरमा ७ रन मात्र बनाउन सफल भए । 

अन्तिम ओभरमा जिततको लागि ३५ रन चाहिएको थियो । तर चेन्नईले हारे पनि क्वालिफिकेशनमा जानको लागि १७ रन मात्र बनाए पनि पुग्ने थियो । तर खेलमा बलरको रुपमा आएका RCB का यश दयालले अन्तिम ओभरमा उत्कृष्ट बलिङ आक्रमण गर्दै ७ रन मात्र बनाउन दिए । क्वालीफाई हुनको लागि १७ रन चाहिएको अवस्थामा महिन्द्र सिंह धोनीले पहिलो बलमै छक्का प्रहार गरेका थिए । तर त्यसपछिको दोश्रो बलमा धोनी क्याच आउटको सिकार बने । अब ४ बलमा CSK लाई क्वालिफिकेशनमा जानको लागि ११ रन मात्र चाहिएको थियो । दयालले त्यसपछिको बलिङमा १ रन मात्र बनाउन दिए । जसको कारण RCB ले २७ रनले खेल जित्न सफल भयो । साथै रनरेटको आधारमा क्वालीफाई पनि बन्यो । 


ब्याङ्ग्लोर क्वालिफाई राउण्डमा पुगेसंगै आईपिएलको क्वालीफाई समिकरणले पूर्णता पाएको छ । आइपिएल २०२४ अन्तर्गत कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर  क्वालिफाई राउण्डमा प्रवेश गरेका छन् । 

खेलको प्वाइन्ट टेवल अनुसार क्रमश चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल, लखनउ सुपर जाइन्टस, गुजरात टाइटन, पन्जाब किंग्स र मुम्बई इन्डीएन्स प्लेअफमा पुग्न असफल भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!