नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ले पहिले ब्याटिङ गर्ने

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 


आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ।

नेपालको सुरुवाती ११ 

कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, अविनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरी

यस बिषयमा तपाइको प्रतिक्रिया...!