इलाम २ को मत अपडेट: मतान्तर बढाउदै सुहाङ !

Posted on: 29 Apr, 2024

वैशाख १७, काठमाडौँ । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।


प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १५ हजार ६५३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १० हजार ६८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ८,६८९ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु २,३१३ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!