इलाम २ को ताजा मत अपडेट: मतान्तर बढाउदै सुहाङ, डकेन्द्रले कटाए ९ हजार मत

Posted on: 29 Apr, 2024

वैशाख १७, काठमाडौँ । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १६ हजार ९४४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ११ हजार २७३ मत प्राप्त गरेका छन् । 

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९,०४४ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु २,८०३ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!