आजदेखि आईपीएल सुरु, पहिलो खेल चेन्नई र बैंगलुरुबीच हुने

Posted on: 22 Mar, 2024

चैत ९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ। आज हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच हुनेछ।

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ। यसपटक चेन्नई भने महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रदै छ। चेन्नईको कप्तानी गर्दै पाँच पटक उपाधि दिलाएका धोनीले यस सिजनमा भने कप्तानी नगर्ने भएका छन्। उनको स्थानमा चेन्नईको नयाँ कप्तानमा ऋतुराज गायक्वाडलाई नियुक्त गरिएको छ।

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादको सहभागिता रहनेछ।  

आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ। भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!