चेन्नई सुपरकिङ्ग्सको कप्तानीबाट हटे महेन्द्र सिंह धोनी

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौँ । चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ ।

आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को सफल टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्तान परिवर्तन गरेको छ ।

गायकवाड सन् २०१९ देखि चेन्नईमा आवद्ध भएका थिए । उनले यस क्रममा ५२ आइपीएल म्याच खेलेका छन् ।

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!