क्यानडाविरूद्ध कप्तान रोहित पौडेल र देव खनालको अर्धशतक

Posted on: 10 Feb, 2024

माघ २७, काठमाडौं | क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल जारी रहँदा नेपालका कप्तान रोहित पौडेल र  देव खनालले अर्धसतक बनाएका छन् ।

शनिबार भइरहेको खेलमा तेस्रो र चौथो नम्बरमा आएका रोहित पौडेल र देव खनालले अर्धसतक बनाइसकेका छन्। पौडेल ७४ बलमा ५६ रन बनाएर खेलिरहेका छन्।


त्यस्तै, देव खनालले पनि अर्धसतक बनाइसकेका छन्। उनी ६६ बलमा ६२ रन बनाएर खेलिरहेका छन्।

२८६ रनको लक्ष्य पछ्याएको नेपालले २९.२ ओभर २ विकेटको क्षतिमा १८८ रन बनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!