क्यानडाविरूद्ध नेपाललाई दोस्रो सफलता, डेब्यु खिलाडी आकाशले लिए विकेट

Posted on: 10 Feb, 2024

माघ २७, काठमाडौँ | क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालका लागि आकाश चन्दले विकेट लिएका हुन् । ओपनर एरन जोनसन ६५ रन बनाउँदै रन आउट भए भने अर्का ओपनर ४६ रन बनाउँदै आकाश चन्दको शिकार बने । प्रगात सिंह १५ र निकोसन क्रिटन ८ रन बनाएर खेलिरहेका छन् ।

कुशल मल्लको बलमा आरोन जोनसन रन आउट भएका हुन् |  आकाश चन्दले आजको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए।

उनलाई ललित राजवंशीको स्थानमा खेलाइएको हो। उनको बलिङमा ४६ रन बनाएर खेलिरहेका धलिवल आउट भएका हुन्। 

 २६.६  ओभरको खेल चलिरहँदा क्यानडाले १६३ रन बनाएको छ। आजको खेल जित्न सके नेपालले क्यानडाविरूद्धको सिरिज जित्नेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!