नेपाललाई छैटौँ सफलता, ६८ रन बनाएका निकोलसलाई पवनले क्रिजबाट हटाए

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका पवन सर्राफले छैटौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाका निकोलस किर्टोनलाई पवनले ४०.४ ओभरमा बोल्ड गरे । अर्धशतक बनाएका किर्टोनले क्यानडाको स्कोरबोर्डमा ६८ रन जोडे ।

जारी खेलको ४१ ओभर सकिँदा क्यानडाले ६ विकेट गुमाएर १९५ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२५ रन बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!