क्यानडाको चौथो विकेट गुम्यो, कुशल मल्लले गरे हर्श थाकरलाई बोल्ड

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् ।

उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ ।

यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!