क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, कप्तान रोहितले लिए विकेट

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई तेस्रो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीवार जारी खेलमा कप्तान रोहित पौडेलले नेपाललाई सफलता दिलाएका हुन् ।


क्यानडाले १९.४ ओभरमा ११४ रन बनाएको अवस्थामा तेस्रो विकेट गुमाएको हो ।

नेपालले यसअघि पाँचौ ओभरमा दोस्रो विकेट लिएको थियो । नेपाललाई तेस्रो विकेट लिन झण्डै १५ ओभरसम्म कुर्नुपरेको छ । 

नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६८ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!