दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० खेल्ने

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी गल्फ जायन्टसबाट आइएल टि२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।


आइएल टी- २० का लागि आवद्ध भएपछि ऐरीले खुसी व्यक्त गरे ।

‘म मा गल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित छु। यो एक शानदार अवसर हो, र म टोलीको सफलतामा योगदान गर्न उत्सुक छु। म प्रशंसा गर्दछु। फ्रेन्चाइजले मेरो क्षमतामा देखाएको आत्मविश्वास र म मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तयार छु ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!