नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । आसिफ ८ रनमा आउट भए । राम्रो सुरुवात भएको नेपालको मध्य क्रमको ब्याटिङ राम्रो हुन सकेन ।

आरिफ शेख ३८, सोमपाल कामी २७, पवन सर्राफ १६, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २०, रिजन ढकाल ४ र ललित राजवंशी १ रन बनायो रनमा आउट । सूर्य ढकाल १० रनमा अविजित रहे ।

बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर २, शहिद अहम्दजाइ, इश्वरजित सोहि र हर्ष ठाकुरले १–१ विकेट लिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!