क्यानडाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै, दुई खेलाडीको डेब्यू

Posted on: 08 Feb, 2024

माघ २५, काठमाडौँ | नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

नेपालको टिममा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन् ।

दुवै टोलीले  सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रिएका छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी(२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ । 

क्यानडाविरुद्धको सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!