यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता

Posted on: 21 Jan, 2024

माघ ७, काठमाडौं | नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ 

दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।

उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ल्यूकले २५ बलमा २ चौका हाने ।

टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १८.३ ओभरमा ३ विकेट गुमाउँदै ८३ रन बनाएको छ । न्युजिल्यान्डको ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!