प्रधानमन्त्री कप: बागमतीले कोशीलाई जितका लागि दियो २७४ रनको लक्ष्य

Posted on: 19 Jan, 2024

माघ ५, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको बनाएको हो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाए । 

कोशी प्रदेशका लागि बलर अभ्यास तिमिल्सिनाले ३ विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान २- २ विकेट लिए । त्यस्तै फ्रिर्दोश अन्सारीले १ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!