यू-१९ विश्वकप अघि आज नेपाल वेस्ट इन्डिजविरुद्ध खेल खेल्दै

Posted on: 16 Jan, 2024

माघ २, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आज अन्तिम  ‘वाम अप’ म्याच वेस्ट इन्डिजसँग  खेल्दैछ।

विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस्थापनमा हुन लागेको वाम अप प्रतिस्पर्धामा नेपालले आज वेस्ट इन्डिजको सामना गर्नेछ। खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा  नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। 

नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!