पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, पहिलो ओभरमै गुल्शन झाले लिए विकेट

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौँ | यू–१९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले पहिलो ओभरमा नै पहिलो विकेट लिएको छ । गुल्शन झाले पाकिस्तानका ओपनर सामिल हुसेनलाई पहिलो ओभरको तेस्रो बलमा आउट गरे ।

गुल्शनले फ्याकेको सर्ट अफ लेन्थ बललाई हावामा खेल्दा हुसेन क्याच आउट भए । गुल्शनले नै आफ्नो बलमा क्याच लिएका थिए । पहिलो ओभरमा पाकिस्तानले तीन रन लिएको छ ।

नेपालले पहिलो ब्याटिङ गर्दै पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!