यू–१९ एसिया कप– अर्धशतक बनाएर आउट भए उत्तम मगर

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरू भएको यू १९ एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको पहिलो म्याचमा नेपालका उत्तम थापामगरले महत्वपूर्ण अर्धसतक बनाएका छन् । निकै खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई उनको इनिङले थोरै राहत दिएको छ ।

३३ रनको अवस्थामा कप्तान देव खनाल आउट भएपछि दबाबमा परेको अवस्थामा पाचौं नम्बरमा उत्तम क्रिजमा आएका थिए । अर्को इन्डबाट लगातार विकेट झरिरहँदा उनले एउटा इन्डबाट रन बटुलिरहे । उत्तमलाई सातौं नम्बरमा आएका दिपेश खनालले बलियो साथ दिएका थिए ।

उत्तम र दिपेशको अर्धसतकीय साझेदारीले नेपाललाई एक सय रनको आँकडा पार गराएको थियो । तर, दिपेश ३१ रनमा आउट भएपछि नेपाल फेरि ब्याकफुटमा आयो । दिपेशपछि आएका विशाल विक्रम केसी र विपिन रावल सस्तैमा आउट भए । त्यसपछि उत्तम पनि पेभिलियन फर्किएका छन् । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतले ५१ रन जोडे ।

पाकिस्तानी फास्ट बलरहरुको नेपालका बलरले सामना गर्न सकिरहेका छैनन् । जिसन खान एक्लैले पाँच विकेट लिए । पाकिस्तानी स्पिनरहरुविरुद्ध भने नेपालका ब्याट्सम्यान केही सहज देखिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!