बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

Posted on: 21 May, 2022

जेठ ७, वीरगञ्ज | बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा जनता समाजवादी पार्टी विजयी भएको छ।

गाउँपालिकाको अध्यक्षमा जसपाका उदय प्रसाद यादव ४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार चन्दन कुमार सिंहले ३ हजार ५ सय ७५ मत प्राप्त गरे।

 त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै सीतापति देवी यादव ४ हजार २ सय ५ मत ल्याउँदै विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी लाेसपाकी रामपति देवी यादवले ३ हजार ७६ मत ल्याइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!