कोशी प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए गोपनियताको शपथ

Posted on: 17 May, 2024

जेठ ४, विराटनगर | कोशी प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका हुन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका हुन्। 

उनले एमालेका राम रानालाई आर्थिक मामिला तथा योजना, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएका छन्।

त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास, नारायण बहादुर मगरलाई पर्यटन  र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगरलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!