समिति गठन गर्न प्रधानमन्त्री सकारात्मक : कांग्रेस नेता रमेश लेखक

Posted on: 18 May, 2024

जेठ ५, काठमाडौँ | सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जनाएको छ।

शनिबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलमा सहकारी ठगीको विषयमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन आफू सकारात्मक रहेको प्रधानमन्त्रीले बताएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

उनले भने ‘प्रधानमन्त्री छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ,’। यसबारे थप छलफल हुने उनले बताए ।

बैठकमा कांग्रेसको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवासहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र लेखक सहभागी थिए । 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । यसअघि हिजै तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!