उत्तर कोरियाले फेरि दक्षिण कोरियामा खसाल्यो फोहोरले भरिएका बेलुन

Posted on: 02 Jun, 2024

जेठ २०, काठमाडौं । उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएको बेलुन खसालेको छ । दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुनहरू खसालिएका दक्षिण कोरियाको सेनाले जनाएको छ ।

बिहीबार पनि उत्तर कोरियाले फोहोरले भरिएका २०० भन्दा बढी बेलुन दक्षिण कोरियाको सीमामा खसालेको बीबीसी समाचारमा उल्लेख छ। दक्षिण कोरियाका रक्षामन्त्रीले यसलाई ‘निम्न दर्जाको व्यवहार’ भनेका छन् ।


दक्षिण कोरियाली सेनाले यी बेलुनहरूमा भेटिएका वस्तुहरूको अनुसन्धान गरिरहेको बताएको छ।  उत्तर कोरियाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

बिहीबार उत्तर कोरियाका उप रक्षामन्त्रीले फोहोर कागज र फोहोर सीमामा पठाइने चेतावनी दिएका थिए। उनले दक्षिण कोरियाले फोहोरलाई हटाउन कत्ति प्रयास गर्नुपर्छ भनेर बुझ्न सकून् भन्ने जानकारी दिन पठाइने बताएका थिए।

दक्षिण कोरियाली सेनाले सर्वसाधारणलाई बेलुन र त्यसमा भएका सामग्री छुन निषेध गरेको छ र स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!