रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार हुँदा १५ जनाको मृत्यु

Posted on: 24 Jun, 2024

असार १०, काठमाडौँ। रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ  ।

बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी कारबाहीमा चार आतंककारीलाई मारेको छ । आक्रमणमा २० जनाभन्दा बढी घाइते भएका छन् ।

गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। अहिले मृत्यु हुनेको संख्या १५ पुगेको छ । राति प्रारम्भिक रिपोर्टहरू अनुसार, रूसी सुरक्षा बलहरूले आक्रमणकारीहरू विरुद्ध जवाफी कारबाहीमा धेरै आक्रमणकारीहरूलाई मारेका थिए ।

हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो । शुरुमा यस घटनालाई आतंकवादी घटना बताइएको भएपनि यस  बारेमा थप जानकारी प्राप्त भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!