जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on: 05 Sep, 2024

भदौ २०,  भक्तपुर  । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका-१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!