अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान कब्जामा लियो

Posted on: 03 Sep, 2024

भदौ १८, काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ ।  अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । 

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बिबिसीले उल्लेख गरेको छ । 

सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । 

भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!