सुन्दरीजलमा युवतीको शव भेटियो, हत्या गरेर फ्याँकेको हुन सक्ने आशंका

Posted on: 05 Sep, 2024

भदौ २०, काठमाडौँ । काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। प्रहरीले युवतीको हत्या आशंका गरेको छ।

सुन्दरीजल खोलाको किनारभन्दा केहीमाथि चेपभित्र शव भेटिएको एक प्रहरीले बताए।

‘खुट्टा चेपभन्दा बाहिर देखिन्छ। हेर्दा हत्या गरेर कसैले फ्याँकेको हुन सक्ने खालको छ’, ती अधिकारीले भने। मृतकको पहिचान खुल्न सकेको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!