बिमा अभियान्ता अधिकारीले पाए एमडिआरटी फाइभ स्टारको उपाधि

Posted on: 29 Aug, 2024

भदौ २६, काठमाडौँ । एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले वीमा जगतमा इतिहाँस रच्दै विश्वभरका अभिकर्ताको छाता संगठन मिलियन डलर राउण्ड टेवल (एमडिआरटी २४ मिनेट्मै )वान डे फाइभ टाइम्स इमर्जिङ स्टार बनी इतिहास रच्न सफल भएका छन् ।


मलेसियामा कर्मथलो बनाइ बिमामा समेत जोडिएर काम गरिरहेका अधिकारीले हिमालयन लाइफ इन्स्योरेन्स भक्तपुर (गठ्ठाघर ) शाखाबाट २४ मिनेटमा नै वीमा गराएर वान डे एमडिआरटी तथ फाइभ टाइम्स इमर्जिङ स्टार उपाधी प्राप्त गरेका हुन् । यसरी उपाधि पाउने नेपालमै अधिकारी पहिलो व्यक्ति हुन् । 

अधिकारी वीमा अभिकर्ताका रुपमा सक्रिय रहि , वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने बानी बसाल्नका सथै आफुलाइ भैपरी आउदा पुर्ण रुपमा आफू र आफना परिवारको जोखिम कभर गर्ने हुदा सबै सर्मिक हरुलाइ विमा गराएर सबल र सुरक्षित हुन जरुरी रहेको बताउँछन् । 

आज सबल उमेरमा भोलिको लागि बिमा गर्दा नेपाल फर्कदा केही रकम जम्मा पनि हुने र कुनै समस्यामा पर्दा बिमाले जोखिम कभर पनि गर्ने हुँदा सबैको लागि बिमा फाइदाको कुरा रहेको भन्ने अधिकारीको भनाई छ । 

अधिकारीले मलेसिया तथा मध्यपुर्व देशमा रहेका नेपालीहरुलाई वीमा सचेतना जगाउँदै वीमामा आवद्ध गराउँदै आएका छन् । केही महिनाभित्रमा नै मलेसियामा हिमालयन लाइफ इन्स्योरेन्सको शाखा स्थापना गर्ने र खाडीका देशमा पनि विस्तार गर्ने तयारीमा रहेको अधिकारीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!