चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गयो

Posted on: 26 Jul, 2024

साउन ११, चितवन । चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकाअनुसार दुर्घटनामा दुवै गाडीका चालक भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

यस्तै भरतपुर महानगरपालिकाको भित्री सडकमा गाडी दुर्घटना हुँदा वडा नम्बर ७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको ज्यान गएको छ । उहाँँ चढेको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँएको थियो ।

यस्तै खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयकाअनुसार हिजो बेलुका सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको हाे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!