सिरोहियाविरुद्ध पक्राउ पुर्जीपछि कांग्रेसले भन्यो- पूर्वाग्रह राखेर कारबाही गर्न पाइँदैन

Posted on: 21 May, 2024

जेठ ८, काठमाडौं | कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए ।


उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’

दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा आज उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र कान्तिपुरबीच टकराबका बीच सिरोहियामाथि पक्राउ पुर्जी जारी हुनुलाई कांग्रेसले पूर्वाग्रहीको आशंका गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!